तिहार लागेसँगै बजारमा चहलपहल बढ्यो

काठमाडौं । तिहार लागेसँगै बजारमा चहलपहल बढेको छ।

बजारमा तिहारका लागि आवश्यक सामाग्री किन्नको लागि उपभोक्ताहरुको भीड देख्न सकिन्छ। यो वर्षको तिहारमा विगतको तुलनामा काजु, बदाम, पेस्ता, नरिवल लगायतका मसलाको मूल्य घटेको छ।

गतवर्ष प्रतिकिलो १७ सय रुपैयाँ पर्ने काजु यो वर्ष १५ सयमा झरेको छ भने १३ सय रुपैयाा पर्ने बदाम १२ सयमा बिक्री भइरहेको छ। किसमिस, ल्वाङ, मखन लगायतको मूल्य भने स्थिर रहेको छ। चालु आर्थिक वर्षको असोजसम्म १ अर्ब १४ करोडको सामग्री आयात भएको छ।

यो वर्ष तिहारमा प्रयोग हुने भाई मसलाको आयात पनि घटेको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको तीन महिनामा एक अर्ब १४ करोड ६६ लाख ५९ हजार रुपैयाँ बराबरको ८० लाख ९० हजार ४०२ केजी मसला आयात भएको छ।

गत वर्ष सो अवधिमा एक अर्ब ५२ करोड २७ लाख ५३ हजार रुपैयाँ बराबरको ९५ लाख ६० हजार ४२२ केजी मसला आयात भएको थियो। मुलुकमा उत्पादन नहुँदा स्थानीय माग पूरा गर्न व्यवसायीले विभिन्न देशबाट मसला आयात गर्ने गरेका छन्।

यस वर्ष मुलुकमा देखिएको आर्थिक सङ्कटका कारण व्यवसायीसँग पर्याप्त पैसा नहुँदा तिहारमा प्रयोग हुने मसलाको आयातमा कमी भएको बताएको छन्। भाइमसला तिहारमा बढी खपत हुने गर्छ।

तिहारमा दिदिबहिनीले दाजुभाइलाई खुवाउन उपहारका रूपमा अनिवार्य रूपमा दिने भएकाले पनि तिहारमा यसको खपत बढी हुन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *