विगत १२ वर्षदेखि फरार कर्तव्य ज्यान मुद्दाका प्रतिवादी पक्राउ

संखुवासभा । कर्तव्य ज्यान मुद्दाका विगत १२ वर्षदेखि फरार प्रतिवादी धर्मदेवी नगरपालिका–२ घर भएका २८ वर्षीय बुद्दे भन्ने बुद्दिराज जिमीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बुद्दिराज जिमीले २०६८ फागुन ३ गते धर्मदेवी नगरपालिका–२ बस्ने रविन जिमीको हत्या गरी फरार रहेका उनलाई प्रहरी चौकी मुढेशनिश्चरेबाट खटिएको प्रहरीले सोही नगरपालिका–२ तामाफोकबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरी केन्द्रीय कार्यालयका अनुसार उनलाई आवश्यक कानुनी कारबाहीको लागि संखुवासभा जिल्ला अदालतमा पेश गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =