गाजा द्वन्द्वलाई लिएर जापानमा जुलुस

एजेन्सी । १०० भन्दा बढी जापानी नागरिकहरूले मध्य टोकियोमा बिरोध प्रदर्शन गरेका छन् । सात समूह (जि७) विदेश मन्त्रीहरूको बैठक तचलिरहेको बेलामा गाजामा सङ्कट बढेकोमा निन्दा गर्दै र गाजामा घातक इजरायली आक्रमणहरू अन्त्य गर्न तत्काल कारबाही गर्न माग गर्दै उनीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।

टोकियोस्थित जापानको परराष्ट्र मन्त्रालयको इकुरा हाउसमा भइरहेको बैठकबाहिर गाजा संकट शीर्षकको एजेण्डामा छलफल हुने अपेक्षा गरिएको छ । जापानका विदेशमन्त्री योको कामिकावाको अध्यक्षतामा भएको बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनलगायत उच्च कुटनीतिज्ञहरुको पनि सहभागिता रहेको थियो ।

उनीहरुले गाजामा हमला रोक्नुहोस्, सिज फायर र गाजाका लागि शान्ति लेखिएका नाराहरूसहितका ब्यानरहरू फहराउँदै प्रदर्शन गरेका हुन् ।उनीहरुले जी ७ इजरायलप्रति अमेरिकी नीतिहरूको समर्थनमा एकजुट भए तिनीहरु यस युद्धमा सहभागी हुने ठहरिने आरोप लगाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + eighteen =