कानुन तोड्नुलाई बहादुरी ठान्ने संस्कृति हाबी भयो : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ (भिडिओ)
२०८० कार्तिक २२ गते

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालमा कानुन तोड्दा बहादुरी र कानुन मान्दा नालायकी देखिने संस्कृति हाबी भएको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा कानुन मान्नुपर्छ भन्ने संस्कृतिको अभाव रहेको बताए ।
उनले कानुनले आफैंलाई फाइदा पुर्याउँछ भन्ने संस्कृतिको विकास गर्न नसक्दा कानुन उल्लंघन भइरहेको बताए । श्रेष्ठले अहिले कानुन कति बन्यो र प्रजातन्त्र कता छ भन्नेकुरा महत्वपूर्ण नभएको भन्दै कानुनको उपयोग कति भयो भन्नेकुरा बढी महत्वपूर्ण रहेको उल्लेख गरे ।
उनले कानुनमा ३१ वटा हक लेखेर मात्रै नेपाल हकको धनी नहुने बरु उपभोग गर्न पाए मात्रै हकको धनी हुने बताए ।
२०८० कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित








