लगातारको शीतलहरबाट उत्तरी चीनको जनजीवन प्रभावित
२०८० कार्तिक २२ गते

एजेन्सी । उत्तर र उत्तरपूर्वी चीनमा तिब्र हावा र भारी हिमपात शुरु भएसँगै जनजीवन प्रभावित बनेको छ । जटिल मौसमी अवस्थाको सामना गर्न चीनको उत्तरपूर्वी प्रान्तहरूले तयारी थालेका छन् ।
उनीहरुले सुरक्षा सुनिश्चित गर्न आवश्यक काम अघि बढाएका छन् । हेइलोङजियाङ प्रान्तको राजधानी हार्बिनमा हिउँ र बरफ हटाउने कार्यका लागि ८९ हजार भन्दा बढी सरसफाइ कर्मचारीहरूका साथै मेसिनरी र उपकरणहरू परिचालन गरिएको छ ।
लिओनिङ प्रान्तमा सोमवार रातिसम्म करिब २० हजार हिउँ हटाउने सवारी साधन र उपकरणसहित करिव १ लाख २० हजार मानिस परिचालन गरिएको थियो । उत्तरी चीनमा आगामी तीन दिनसम्म शीतलहर जारी रहने मौसमविद्ले मंगलवार बताएका छन् ।
२०८० कार्तिक २२ गते
प्रतिक्रिया
सम्बन्धित








