चिरायु अस्पतालले सुरु गर्‍यो ‘चिरायु डायबिटिज सेन्टर’ (फोटो/भिडियो)

काठमाडौँ । चिरायु अस्पतालले ‘चिरायु डायबिटिज सेन्टर’ को उद्घाटन गरेको छ ।

मंगलबार अस्पतालले आफ्नै भवनमा औपचारिक कार्यक्रमको आयोजना गरि ‘चिरायु डायबिटिज सेन्टर’ को उद्घाटन गरेको हो ।

अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर तथा जनरल फिजिसियन, मधुमेह रोग विशेषज्ञ डा. अजय प्रधानका अनुसार ‘चिरायु डायबिटिज सेन्टर’ सेवा कोभिड अगाडि नै सञ्चालनमा ल्याउने योजना बनाएको भएपनि कोभिडको कारणले सञ्चालन गर्न सकिएको थिएन । आज ‘चिरायु डायबिटिज सेन्टर’ को उद्घाटन हुँदा एकदमै खुसी लागेको उनले बताए ।

उनले विश्वभर डायबिटिजका बिरामीहरूको संख्या बढ्दै गएको बताए । नेपालमा करिब २१ प्रतिशत युवाहरूमा डायबिटिजको समस्या देखिएको छ । ती मध्य १० प्रतिशत मानिसहरूमा डायबिटिज भइसकेको अवस्था छ भने ११ प्रतिशत मानिसहरू डायबिटिजको पूर्व अवस्थामा रहेका छन् ।

उनले नेपालमा डायबिटिज भएका बिरामीहरूको बारेमा उल्लेख गर्दै भने ‘संसारकै बढी डायबिटिज भएको देश चाइना र भारतको बिचमा हामी छौँ । डायबिटिज जीवनशैलीमा पनि भर पर्छ । हाम्रो जीवनशैली पनि आधुनिकता तर्फ जाँदै गर्दाखेरि डायबिटिजको जोखिम बढ्दै गइरहेको छ ।’

उनले वर्तमान मानिसहरूको आधुनिक जीवनशैलीका कारण पनि डायबिटिजको जोखिम बढिरहेको बताए ।

उनले भने ‘ डायबिटिज दीर्घकालीन रोग हो । यसलाई निको पार्न सकिँदैन तर नियन्त्रण गर्न सकिन्छ । डायबिटिजका बिरामीहरूले जति डायबिटिजको समस्या अरू कसैले बुझ्न सक्दैनन् । चिरायु अस्पतालका तल्लो तह र माथिल्लो तहमा काम गर्ने धेरै सदस्यहरूमा पनि डायबिटिजको समस्या रहेको छ । त्यसैले मधुमेहसँग सम्बन्धित उपचारका सेवाहरू सबै एकै स्थानबाट दिन सकियोस् भनेर मधुमेहका बिरामीलाई ध्यानमा राखेर अस्पतालले ‘चिरायु डायबिटिज सेन्टर’ सञ्चालन गरिएको हो ।’

उनले चिरायु अस्पतालकै सदस्य र सदस्यहरूका परिवारहरूमा डायबिटिजको समस्या भएका कारण ‘चिरायु डायबिटिज सेन्टर’ सञ्चालन गर्न आवश्यक ठानिएको बताए ।

चिरायु अस्पतालका निर्देशक डा. अजय प्रधानका अनुसार डायबिटिजको उपचारको मूल्यको विषयलाई पनि ध्यानमा राखिएको छ ।

उनले भने ‘अरू अस्पतालमा मधुमेह उपचार गर्दा लाग्ने खर्च भन्दा बढी पर्दैन । जनमानसमा मधुमेह उपचारका लागि जति खर्च लाग्छ त्यो भन्दा कम नै छ ।’

उनले अन्य अस्पतालमा भन्दा चिरायु अस्पतालमा मधुमेह उपचारको खर्च बढी नलाग्ने र तुलनात्मक रुपमा कम भएको बताए ।

अस्पतालले ‘चिरायु डायबिटिज सेन्टर’ को सञ्चालन सँगै बिरामीहरूका लागि आधारभूत मधुमेह प्याकेज, कम्प्रीहेन्सिभ डायबिटिज प्याकेज र मन्थ डाइबेटिज फलोअप प्याकेज ल्याएको छ ।

अस्पतालमा आएका बिरामीहरूलाई सन्तुष्ट हुने किसिमले सेवा प्रदान गर्ने अस्पतालले जनाएको छ ।

तस्बिरहरू :

भिडियो :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *