सिंहदरबारमा १२ बुँदे सम्झौतामा हस्ताक्षर गर्ने दलहरूको बैठक
२०८० कार्तिक २१ गते

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका दलका नेताहरूको बैठक जारी छ ।
शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउनेसम्बन्धी विषयमा छलफलका लागि प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेका दलका नेताहरू बैठकमा सहभागि छन् ।
सङ्क्रमणकालीन न्याय निरूपणको विषय टुंगो लगाउन प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टीलगायत दलहरूको बैठकमा सहभागिता छ ।
दिल्लीको १२ बुँदे समझदारीदेखि शान्ति सम्झौता र संविधान निर्माणमा नेतृत्वकारी भूमिका खेल्ने दलहरूको बैठक भएकाले रास्वपा र राप्रपा लगायतका दलको भने सहभागिता छैन् ।
२०८० कार्तिक २१ गते
प्रतिक्रिया
सम्बन्धित








