सिके राउतलाई कसले लगाइदियो एक क्विन्टलको माला ?

काठमाडौं । जनमत पार्टीका कार्यकर्ताले अध्यक्ष सिके राउतलाई सर्लाहीमा एक क्विन्टलको माला लगाइएको छ ।

जनमत पार्टीले सोमबार सर्लाहीको कविलासीमा आयोजना गरेको कार्यक्रममा राउतलाई समर्थकले एक क्विन्टल सयपत्री फूलको एउटै माला लगाएर स्वागत गरेका हुन् ।

जनमत पार्टीले सोमबार कविलासी गाउँपालिका– ८ मा पार्टी प्रवेश कार्यक्रम राखेको थियो । सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका राउतलाई एक क्विन्टलको माला लगाइएको हो ।

कार्यक्रममा विभिन्न राजनीतिक दल परित्याग गरी तीन सय भन्दा धेरै नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको दाबी जनमत पार्टीले गरेको छ ।

कार्यक्रममा सर्लाही सदरमुकाम मलंगवा घर भएका डा.गुणेश्वर झासहित विभिन्न राजनीतिक पार्टी र स्वतन्त्र गरी तीन सय नेता कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेका सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =