सिरहाको लाहानबाट पेस्तोलसहित तीन जना पक्राउ

सशस्त्र प्रहरी बल नेपालको ईन्टेलिजेन्स व्यूरोले सिरहाको लाहानबाट कार्तिक २० गते एउटा ९ एमएमको अटोमेटिक पेस्तोलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका ८ बस्ने ३१ वर्षिय अनिल राम, सोही नगरपालिका ५ बस्ने बर्ष ३० को जिबानन्द चौधरी र सप्तरी जिल्लाकै खडक नगरपालिका–४ बस्ने ३५ वर्षिय सञ्जय प्रसाद चौधरी रहेको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

हतियार बोकी हिडेको भन्ने विशेष सूचनाको आधारमा खटिएको सुरक्षा फौजले लाहान नगरपालिका–१ हाइवेबाट २ थान गोली लोड भएको अटोमेटिक पेस्तोल, १ लाख ८४ हजार २ सय ५३ रुपैयाँ ,४ थान मोबाइल , नेपाल टेलिकमको २२ थान सिमकार्ड ,एनसेलको सिमकार्ड १४ थान , नेपाल टेलिकमकै ५० रुपैयाँ दरको २६ हजारको र १ सय दरको ९६ हजारको रिचार्ज कार्ड बरामद भएको छ।

यसैगरी उनिहरु सबार स ९ प ४९७१ नम्बरको मोटरसाकल र ३ लाख ४२ हजार ५ सय बराबरको एनसेलको रिचार्ज कार्ड समेत बरामद भएको छ।

उनीहरु विभिन्न अपराध र फिरौतीमा संलग्न भएको बुझिएको छ। नियन्त्रणमा लिइएकाहरुलाई बरामद पेस्तोल, नगद र रिचार्ज कार्डसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + sixteen =