भूकम्प पीडितलाई बालेनको सन्देश– इन्जिनियरिङ सहयोग चाहिए सम्पर्क गर्नु
२०८० कार्तिक २० गते

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जाजरकोट र रूकुम पश्चिममा इन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिए सम्पर्क गर्न आग्रह गरेका छन् ।

सोमबार मेयर बालेनले फेसबुकमा स्टाटस लेख्दै जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई राहत सामग्री पठाएको जानकारी दिएका छन् ।

’महानगरपालिकाले जाजरकोट र रूकुम पश्चिमका भूकम्प पीडितलाई राहत सामग्री पठाउँदै छ,’ उनले लेखेका छन्, ’थप इन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिएमा काठमाडौं महानगरपलिकालाई सम्बन्धित निकायले सम्पर्क गर्नु हुन अनुरोध गर्दछौं ।’
२०८० कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित








