अवैध रूपमा युरो बाह्य मुलुक लैजान लागेका व्यक्ति पक्राउ

काठमाडौँ । अवैध रूपमा बाह्य मुलुक लैजान लागेरको युरो ८ हजार २ सय ३० सहित नेपाली मुलका नेदरल्याण्ड्स नागरिक ३५ वर्षीय जोग गुरूङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई हुँदै नेदरल्याण्ड्स जान लागेका उनलाई उक्त युरोसहित त्रिभुवन अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ
एरियाबाट प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट युरो ५ सय दरको ४ थान, २ सय दरको ११ थान, १ सय दरको ३ थान, ५० दरको ७३ थान, २० दरको ३ थान र १० दरको २ थान बरामद भएको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहे नेपाल प्रहरी केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =