जाजरकोट भूकम्प

कर्णालीका मन्त्रीहरू भूकम्प प्रभावित क्षेत्रमा, यसरी तोकियो जिम्मेवारी

काठमाडौँ । कर्णाली प्रदेशका मन्त्रीहरू समन्वय तथा व्यवस्थापनको काम गर्न भूकम्प प्रभावित क्षेत्रमा खटिने भएका छन्।

प्रभावितको व्यवस्थापनबारे प्रदेश सरकारका मन्त्रीहरूबीच सोमबार भएको छलफलले उक्त निर्णय भएको हो ।

छलफलअनुसार आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंह जाजरकोट जाजरकोटमा बस्ने छन् । कृषि मन्त्री भीम शर्मा रूकुम पश्चिम र सल्यानमा रहेर काम गर्नेछन् ।

मुख्यमन्त्री राजकुमार शर्मा पनि भूकम्प प्रभावित क्षेत्रमै केही दिन खटिने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

अन्य मन्त्रीहरूले सुर्खेतमै बसेर निरन्तर भूकम्प प्रभावितहरूको व्यवस्थापनको लागि समन्वय गर्ने निर्णय भएको छ ।

सबै मन्त्रीहरूलाई आफ्नो कार्य क्षेत्रअनुसारको सबै व्यवस्थापन तथा समन्वयको जिम्मेवारी दिइएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + twenty =