डा.भुसाललाई त्रिवि उपकुलपतिको जिम्मेवारी
२०८० कार्तिक २० गते

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रा.डा. शिवलाल भुसाललाई दिइएको छ ।
भुसाल त्रिविका शिक्षाध्यक्ष हुन् । उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि कात्तिक १६ गते सकिएको थियो ।
विश्वविद्यालय ऐन २०४९ को दफा २१ (ख) बमोजिम उपकुलपति पदपूर्ति नभएसम्म दैनिक कार्यसञ्चालन गर्न भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको हो ।
कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कात्तिक १७ गतेको निर्णयअनुसार भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएको त्रिविले जनाएको छ ।
विश्वविद्यालय ऐनअनुसार भुसाल बढीमा तीन महिना उपकुलपतिको जिम्मेवारीमा रहन पाउनेछन् । त्रिविको उपकुलपति नियुक्ति प्रक्रिया अघि बढिसकेको छैन ।
२०८० कार्तिक २० गते
प्रतिक्रिया








