इण्डोनेसियाले गाजामा मानवीय सहायता पठायो
२०८० कार्तिक २० गते

एजेन्सी । इण्डोनेसियाले गाजापट्टीमा प्यालेस्टाइनीहरूको लागि ५१.५ टन मानवीय सहायता पठाएको छ । तीन उडानहरूमातर्फत इण्डोनेसिया सरकार र जनताबाट सहायता ढुवानी गरेको हो ।
इण्डोनेसियाका राष्ट्रपति जोको विडोडोले विमानहरू इजिप्टको एल-आरिश विमानस्थलमा अवतरण गर्ने बताए । पछि सहायता गाजामा पठाइनेछ । सहयोगमा चिकित्सा उपकरण, औषधि, वाटर प्युरिफायर, कम्बल, टेन्ट र अन्य सामग्री रहेको छ ।
इण्डोनेसियाका लागि प्यालेस्टाइनका राजदुत जुहेर अल-शुनले प्रत्यक्ष रूपमा मानवीय सहायता गरेको भन्दै सहयोगका लागि इण्डोनेसिया सरकार र जनतालाई धन्यवाद दिए ।
२०८० कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित








