जम्बो टोली बोकेर गृहमन्त्री भूकम्प प्रभावित क्षेत्रमा

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा मन्त्री र सांसद सहितको जम्बो टोली भूकम्प प्रभावित क्षेत्रमा गएको छ ।

भूकम्प पीडितको उद्धार, राहत र उपचार अवस्था बुझ्न उपप्रधानमन्त्री श्रेष्ठसहितको टोली त्यसतर्फ गएको हो ।

नेपाली सेनाको स्काई ट्रक जहाजबाट सुर्खेत पुगी त्यहाँबाट हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुग्ने उक्त टोलीले राहतका रूपमा एक हजार ५० स्लिपिङ ब्याग, दुई सय दुई त्रिपाल र एक सय ब्ल्याङ्केट समेत वितरण गर्नेछ ।

टोलीमा उपप्रधानमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, ऊर्जामन्त्री शक्ति बस्नेत, सांसद एवम् माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा लगायत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 1 =