जोर्डनका राजाद्वारा गाजामा युद्धविराम गर्न आग्रह
२०८० कार्तिक १९ गते

एजेन्सी । जोर्डनका राजा अब्दुल्लाह द्वितीयले गाजामा युद्धविरामका लागि आह्वान गरेका छन् । शनिबार भएको अम्मान भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँगको भेटमा उनले सो आह्वान गरेका हुन् ।
उनले जोर्डनका राजाले घेराबन्दीमा परेको एन्क्लेभमा खाद्यान्न, पानी, औषधि र इन्धन पु¥याउन अन्तर्राष्ट्रिय प्रयासहरू बढाउन आग्रह गरे । प्यालेस्टाइन–इजरायली द्वन्द्वको अन्त्य गर्ने एकमात्र मार्ग दुई राज्य समाधानमा आधारित न्यायपूर्ण र व्यापक शान्ति हासिल गर्न राजनीतिक क्षितिजतर्फ काम गर्नु नै रहेको उनको भनाई छ ।
उनले पूर्वी जेरुसेलमलाई राजधानीको रूपमा ४ जुन १९६७ मा सार्वभौम र स्वतन्त्र प्यालेस्टाइन राज्य स्थापना गर्न आफ्नो वैध अधिकार प्राप्त गर्न प्यालेस्टिनी जनताको लागि राज्यको दृढ समर्थन रहेको बताए ।
२०८० कार्तिक १९ गते
प्रतिक्रिया
सम्बन्धित








