भूकम्प पीडितलाई एनसेलले दियो ५० लाख

काठमाडौं । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको विनाशकारी भूकम्पका पीडितहरूलाई राहत, उद्धार र उपचारका लागि एनसेलले ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

साथै, भूकम्पप्रभावित जिल्लाका बासिन्दालाई ४० लाख ब्यालेन्स बराबरको सेवा निःशुल्क उपलब्ध गराउने घोषणा पनि एनसेलले गरेको छ ।

एनसेल आजियाटा लिमिटेडले शुक्रबार रातिको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना प्रकट गर्दै कर्णाली प्रदेश सरकारमार्फत सहयोग उपलब्ध गराउने घोषणा गरेको हो ।

‘भूकम्पपीडितको उद्धार, उपचार र राहतमा तत्काल सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई रु. ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ,’ एनसेल आजियाटा लिमिटेडद्वारा शनिवार जारी विज्ञप्तिमा भनिएको छ, ‘साथै, ग्राहकहरूलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र सोही क्षेत्रमा राहत तथा उद्धारकार्यलाई सहयोग पु¥याउन प्रभावित जिल्ला जाजरकोट, रुकुम (पश्चिम) र रुकुम (पूर्व)मा रु. ४० लाख ब्यालेन्स बाराबरको सेवाहरू निःशुल्क उपलब्ध गराइने जानकारी गराउन चाहन्छौं ।’

यसरी पाइने सेवाहरूमा देशका अन्य नेटवर्क र विदेशमा कल गर्न सकिने सेवा, डेटा र एसएमएसहरू समेत रहेको र समसीयमा १५ दिनका लागि तोकिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =