मुलुकको अर्थतन्त्रले सकारात्मक बाटो समाएको छ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्र सकारात्मक बाटोमा रहेको दाबी गरेका छन् ।
शनिवार नेपाल आर्थिक पत्रकार संघको १५ औं वार्षिकोत्सवमा बोल्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ लागेको दाबी गरे ।
उनले पछिल्लो समय सामाजिक सञ्जालहरुमा मुलुकको अर्थतन्त्र नकारात्मक रहेको भन्ने हल्लाको कारण मानिसहरुमा त्यस्तो लाग्न थालेको बताए । तर मुलुकको अर्थतन्त्र सकारात्मक बाटोतर्फ जान लागेको अर्थतन्त्रका सूचकहरुले बताएको उल्लेख गरे ।
उनले देशले समय समयमा अफ्ठ्यारो परिस्थिति व्यहोर्दै आएपनि अफ्ठ्यारो परिस्थिति सामना गर्दै अर्थतन्त्रका समस्या सम्बोधन गर्दै अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।
उनले सरकारले अर्थतन्त्रका समस्या तत्काल सम्बोधन गरी आर्थिक वृद्धिको परिस्थिति सिर्जना गर्नुपर्ने र सबै नागरिकलाई आर्थिक वृद्धिको पुहँचमा पु¥याउनुपर्ने बताए ।
उनले नेपालको अर्थतन्त्रमा एकाएक आएको समस्या नभई वर्षौँदेखि समस्या थपिँदै जाँदा समस्या देखिएको उल्लेख गरे ।
उनले पछिल्लो समय पर्यटक आगमन, रेमिट्यान्स वृद्धि भइरहेको बताए । अर्थमन्त्री महतले विगतका दिनमा घरजग्गाको कारोबार बढे पनि अहिले घटेको बताए ।
उनले घरजग्गामा एकै पटक धेरै लगानी गर्दा अर्थतन्त्रमा समस्या आएको बताए । उनले बैंकहरुको ब्याजदर घट्दै गएको बताए ।
उनले नेपाल बैंक तथा वित्तीय संस्थाका अध्यक्ष रहेको एनएमबी बैंकले केही बढाए पनि अरूको घट्दै गएको भन्दै एनएमबी बैंकलाई पनि ब्याज घटाउन आग्रह गरे ।
उनले अर्थतन्त्रका परिसूचक राम्रो हुँदै गएकाले नेपालको अर्थतन्त्रमा आत्मविश्वास आवश्यक भएकाले यसको वातावरण बनाउनुपर्ने बताए ।
उनले भने,‘धेरै कुरा सामाजिक सञ्चालनमा छ । नकरात्मक कुरा धेरै बिक्री छ । त्यसैले नकरात्मक कुराहरु धेरै विक्छ र नकारात्मक कुराहरु आउने प्रचलन नै छ । तर, अर्थतन्त्रले सकारात्मक बाटो पक्रिएको छ । तर, देशले समय समयमा अफ्ठ्यारो परिस्थिति व्यहोर्दै आएको छ । तर, त्यसलाई सामानका बाबजुत एउटा रिजेलेन्स दिगो हिसावले हामी अघि बढ्नु छ । आर्थिक वृद्धिको परिस्थिति सिर्जना गर्नुछ । आर्थिक बृद्धिको पहुँचमा आमना गरिकलाई पु¥याउने लक्ष्यका साथ सरकारलाई तयार राख्नुपर्छ । आर्थिक परिवेसको सवालमा बिभिन्न कठिनाईका कारणहरु, विभिन्न कालखण्डमा देखापरेका समसया, कतिपय नीतिगत तथा प्राथमिकता लगायतका कारण पनि अर्थतन्त्रमा समसया आएको हो । त्यसमा दुई मत छैन । यो एकाएक आएको समस्या होइन । थपिँदै थपिँदै आएको समस्या हो । यो समस्या निराकरण गर्ने समय अवस्य नै लाग्छ । तर, अहिले भन्ने हो भन्ने हो, अघि गभर्नरले पनि भने । वाह्य क्षेत्र राम्रो छ । रेमिट्यान्स बढेको छ । पर्यटक वृद्धि बढेको छ । यो खुशीको कुरा हो । यसले अर्थतन्त्र चलायमान गर्न सहयोग पुग्छ । घरजग्गा कारोबारकामा धेरै लगानी भयो । चाहिने भन्दा बढी हो । त्यसले गर्दा, अत्याधिक मूल्यमा मूल्यवृद्धि भएपछि त्यही रुपमा अघि बढ्ने अवस्था थिएन । जग्गा कित्ताकाट हटेपछि हटाएपछि विस्तारै पिकअप गर्दैछ । अािर्थक गतिविधि बढ्दै गएको छ । बैंक ब्याजदरले पनि बिस्तारै घट्दै गएको छ । घट्ने क्रममा छ । निक्षेपको घटेको छ, लेन्डीन रेट घट्छ । जहाँ मुल्यबृद्धिको कुरा छ, यो हाम्रो पोलिसी डिसीजनले मात्रै । टाइटगरे बित्तिकै मूल्यवृद्धि टाइट हुने भन्ने छैन । आयातको जुन भोलुम छ, वाह्य क्षेत्रको मूल्य पनि यो प्रभावित भएको हुन्छ । सँगसँगै प्रजातन्त्रमा आफूखुशी हुने प्रवृति र नियमनको समस्याले पनि यस्तो समस्या आउँछ । यसलाई हामीले ठाउँमा ल्याउनुपर्छ ।’
उनले शुक्रवार बेलुका जाजरकोठमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा प्रभावितको उद्धारको लागि सरकार संवेदनशिल भएर लागेको बताए ।
उनले बेलुकदेखि नै राज्यका सबै संरचना राहत र उद्धारमा लागेको बताए ।
उनले प्रधानमन्त्री स्वयम भुकम्प प्रभावित क्षेत्रमा जानुभएको भन्दै सरकार प्राकृति रुपमा आएको विपतको उद्धारमा गम्भिर रहेको बताए ।
उनले बेलुको समयमा भुकम्प गएकाले धेरै क्षती भएको अनुमान रहेको बताए ।
उनले भने,‘जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परी ठूलो संख्यामा मानिसहरुको मृत्यु र घाइते भएको समाचार आएका छन् । तीनै तहका सरकार भूकम्प पीडितको उद्धार कार्यमा सक्रिय भएको छ । उद्धार कार्यलाई तदारुपता तथा गम्भिर रुपमा लिएको छ । स्वयं प्रधानमन्त्री भूकम्प प्रभावित क्षेत्रमा जानुभएको छ । सम्पूर्ण राज्य संरचना भूकम्पको उद्धार कार्यमा संलग्न भएको छ । राति भूकम्प गएको हुनाले धेरै मानवीय क्षती भयो । सबैको लागि दुःखको कुरा हो । नेपाले पटक–पटक प्राकृतिक विपति भोगिरहेका छौं । प्राकृतिक विपतिबाट बच्नको लागि दीर्घकालिन रुपमा विपतिको सामना गर्न तयार बस्नुपर्ने स्थिति छ । विपतको समयमा एक भएर उद्धारमा लाग्ने नेपालको परम्परा छ । निजी क्षेत्रबाट पनि उद्धारमा लाग्ने प्रतिवद्धता आएको छ । भूकम्प प्रभावित क्षेत्रमा पीडितको उद्धार गर्न सरकार संवेदनशिल भएर लाग्छ ।’
उनले नेपालले पटक–पटक प्राकृतिक विपत्ती भोग्दै आएको भन्दै रातह र उद्धारको लागि मुलुक एकजुट हुन आवश्यक रहेको बताए ।
उनले प्राकृतिक विपत्तीबाट बच्नको लागि दीर्घकालिन रुपमा विपत्तीको सामना गर्न तयार बस्नुपर्ने स्थिति बनेको बताए ।








