रास्वपाको बैठक जारी
२०८० कार्तिक १८ गते

काठमाडौं । जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पबाट प्रभावित क्षेत्रमा उद्धार, राहत र आवश्यक उपचारका लागि पार्टी संयन्त्र परिचालनका लागि रास्वपाको बैठक बसिरहेको छ ।
तत्काल उपलब्ध केन्द्रीय सदस्य र सांसदहरूको बैठक पार्टी कार्यालयमा बसिरहेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
छलफलमा स्वास्थ्यकर्मी, स्वयंसेवक परिचालन, उपचारमा आवश्यक व्यवस्थापन र अन्य आवश्यक उद्धार संयन्त्रको विषय उठेको छ ।
२०८० कार्तिक १८ गते
प्रतिक्रिया
सम्बन्धित








