कोशी सरकारमा माओवादी र समाजवादीको प्रवेश, उप्रेती र जगेबु मन्त्री बन्दै

काठमाडौँ । कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले नेकपा (माओवादी केन्द्र)का गणेश उप्रेती र नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जगेबुलाई मन्त्रीमा नियुक्त गरेक छन् ।

मुख्यमन्त्री बनाउन भूमिका खेलेको नेकपा एमालेको विरोधका बाबजुद कार्कीले माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरु उप्रेती र जगेबुलाई मन्त्री बनाउने निर्णय गरेका हुन् ।

एमालेले आफू र कांग्रेसका संसदलाई मात्रै मन्त्री बनाउनु पर्ने धारणा राख्दै आएका थिए । मुख्यमन्त्री कार्कीले नयाँ सरकार बनेको २० दिन भइसकेको र गठबन्धनका सबै तर्फबाट सबैलाई समेट्ने दबाब रहेको जवाफ दिएका थिए ।

एमालेले कांग्रेस बाहेकका अन्य दललाई सरकार सहभागी गराए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो ।

कार्की नेतृत्वको सरकारमा एमालेको प्रदेश सभाको उपनेता राम राना मन्त्री छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =