पुँजी बजारलाई नयाँ आयाम दिनेगरी नयाँ नीतिहरु ल्याउँदैछौँ : हमाल (भिडिओ)

काठमाडौँ । नेपाली पुँजीबजार करिब दुई वर्षदेखि शिथिल बन्दै गएको छ । मौद्रिक नीतिमा शेयर मार्जिन कर्जामा ४/१२ करोडको सीमा लगायत बैंकको उच्च ब्याजदर, मूल्यवृद्धि तथा अन्तर्राष्ट्रिय असरको कारण बजार प्रभावित बन्दै गएको छ । तर शेयर बजारलाई गति दिनको लागि भन्दै सरकारले ४/१२ करोडको सीमा हटाए पनि पुँजीबजारले अपेक्षित गति लिन सकेको छैन ।

पछिल्लो समय पुँजीबजार सुधारका नीतिहरू बन्दै गएका छन् । तर पनि धितोपत्र बजारका लगानीकर्ता निराशामा रहेका छन् । प्रिमियममा आईपीओ जारी गर्न बोर्डले अनुमति दिएपनि प्रिमियममा आईपीओ जारी गर्ने कम्पनीको शेयर मूल्यले लगातार रूपमा नकारात्मक सर्किट लागेर नयाँ रेकर्ड बनाइरहेको छ ।

यस्तो अवस्थामा धितोपत्र बजारको अभिभावक संस्था नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ प्रणाली, प्रिमियममा आइपीओ निष्कासन, धितोपत्र बजार सुधारका नयाँ नीति कार्यान्वयन लगायतका विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालसँग संक्षिप्त कुराकानी गरेको छ । अध्यक्ष हमालसँग गरेको कुराकानीको सम्पादित अंश तल उल्लेख गरिएको छ ।

धितोपत्र बजार सुधारको लागि नयाँ के गर्दै हुनुहुन्छ ?

मेरो धितोपत्र बोर्डको अध्यक्षको कार्यअवधि सकिन लागेको छ । मैले बोर्डको अध्यक्ष हुनु भन्दा अगाडि नेपालको धितोपत्र बजार सुधारका दस्ताबेजहरू सरकार समक्ष पेस गरेको थिएँ । मैले अध्यक्ष भएपछि भनेको थिएँ । धितोपत्र बजारलाई सफा पानीमा पैडी खेल्ने बनाउने पहिलो उद्देश्य थियो । त्यसमा सुशासनको पक्षमा धेरै सुधारहरू गर्नुपर्ने छ ।

कतिपय क्षेत्रमा समय सीमा तोकेर सरकारी हाकिमको तजबिजी कम गर्ने, निजी क्षेत्रले समयमा न्याय पाउने, टाउको र अनुहार नहेरी निर्णय गर्ने भन्ने सुशासनको प्रणाली अवलम्बन गर्न खोज्यौँ । त्यसलाई कम्पोर्रेट लेभलमा ट्रान्सलेट गर्नुपर्यो । यो भन्दा पहिला सुधार गरेका धितोपत्र बजारका नीतिहरू भन्दा बाहेक अहिले तीन चारवटा कुराहरू सुधार गर्न खाजेका छौँ ।

सामूहिक लगानी कोष (म्युचुअल फण्ड) ले बजारको गति वा सन्तुलनलाई स्थायित्व दिएर व्यावसायिक रूपमा सफल बनाउन म्युचुअल फण्डको भूमिका हुनुपर्छ भनेर म्युचुअल फण्डको अध्ययन गरेर सुधारको नीति तिहारअघि नै लागू गर्दैछौं ।

म्युचुअल फण्ड कारोबारमा सुधारमा केही नीतिगत कडाइ गर्छौँ । धितोपत्र बजारको म्युचुअल फण्ड जुन पुँजी सङ्कलन भएको छ । त्यो पुँजीको अहिले आइरहेको भन्दा बढी पैसा दोस्रो बजारमा चलायमान बनाउने र त्यसमार्फत डिमाण्ड साइट बढाउने काम गर्न लागिरहेका छौँ । म्युचुअल फण्डमा केही कडाइ गर्ने र त्यसले अहिले जति सहयोग गरेको छ त्यसलाई थप प्रभावकारी बनाउनलाई केही नीतिहरू ल्याउँदैछौं । प्राभइभेट इक्विटी फण्ड तथा भेन्चर क्यापिटल फण्ड सहजीकरणमा पनि नीति बनाएर फण्डमा सङ्कलन भएको पुँजीलाई दोस्रो बजारमा चलायमान बनाउने र दोस्रो बजारमा माग बढाउने काम गर्न लागेका छौँ ।

यो तिहारको केही समयपछि लागू हुन्छ । त्यस्तै नेपालको धितोपत्र बजारमा सुशासनलाई नेपालको इतिहासमा विश्वको प्रणालीसँग दाँज्ने दुई वटा प्रोटोकल अगाडि सारिरहेका छौँ । जति पनि ब्रोकर, मर्चेण्ड व्यवसायीहरू र धितोपत्र बजारमा समावेश भएका कम्पनीहरू छन् । ती सबैलाई गुणस्तरीय रिपोर्टिङ फम्र्याट दिनेगरी धितोपत्र बोर्ड र आईक्यानको सहकार्यमा स्ट्याण्र्डर रिपोर्टिङ फम्र्याट तयार भएको छ ।

अब कसैले हरियो कसैले पहिलो रिपोट दिन पाउँदैन । यो हो सुशासन भनेको । सबै कम्पनीले एउटै स्ट्याण्र्डर फम्र्याटमा रिपोर्ट दिनुपर्छ । सबैको विवरण विश्लेषण गर्न सकियोस् । भविष्यमा लगानीकर्ताहरूलाई कम्पनीको विषयमा अध्ययनको लागि सहज हुन्छ । अहिले यस्तो छैन । धेरै महिनाको गृहकार्यपछि बोर्डले त्यो पनि लागू गर्दैछौं । यो फम्र्याट पनि तिहार अघि नै लागू हुन्छ । सञ्चालक समितिको बोर्डबाट पास गरेर लागू गर्छौँ ।

अब आउने तीन महिनाको प्रतिवेदनमा बोर्डले लागू गरेको स्टाण्र्डर र्फम्याटमा रिपोट दिनुपर्ने हुन्छ । धितोपत्र बजारमा समावेश भएर कारोबार भएका कम्पनीहरूमा रहेका स्वतन्त्र सञ्चालकहरूको सुशासनको प्रणाली छैन । जसले जसलाई राखे पनि हुने अवस्था छ । त्यसको पनि सुशासन र अनुगमनको ठोस प्रणाली छैन । ठोस प्रणाली विकास गर्न समिति बनेर धेरै काम सकेका छौँ ।

सुशासनमा सेवनले नेपालको इतिहासमा अन्य देशमा भएको प्रणाली जस्तै धितोपत्र बजार सुधारको लागि स्वच्छ प्रणाली लागू गर्दैछौं । कम्पनीको स्वतन्त्र सञ्चालक बन्नलाई योग्यता क्षमता मूल्याङ्कन सेवनले गर्ने, सूची भन्दा बाहिरको मान्छे स्वतन्त्र सञ्चालक बन्न नपाउने, योग्यतासहित बन्नुपर्ने मापदण्ड सेवनले तोक्ने योजना छ ।

कम्पनीको स्वतन्त्र सञ्चालकले दिनुपर्ने कम्पनीको रिपोर्टिङ स्ट्याण्र्डर पनि सेवनले तोकेको स्ट्याण्र्डर फम्र्याटमा स्वतन्त्र वार्षिक रिपोर्टमा कम्पनीको वित्तीय अवस्था, कम्पनीको सुशासन, न्यायको अवस्था, गुनासा समेटेर दिनुपर्ने व्यवस्था लागू गर्छौँ । अब कम्पनीको अडिटरको रिपोर्ट मात्रै नभएर स्वतन्त्र सञ्चालकले पनि आफ्नो स्वतन्त्र रिपोर्ट दिनुपर्छ ।

विश्वले अपनाएको प्रणाली पनि यही हो । कम्पनीको स्वतन्त्र सञ्चालकमा स्वतन्त्र भन्ने भाषा जरुरी छ । उसले स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्यो । स्वतन्त्र भूमिका निभाएको छ वा छैन रिपोर्टले देखाउँछ ।

पछिल्लो समय शेयर बजार बिचौलिया हाबी हुँदा साना लगानीकर्ता मर्कामा परे भन्ने गुनासो पनि आएको छ, शेयर बजारमा चलखेल गर्ने माथि बोर्ड मौन बसेको हो ?

धितोपत्र कानुनको सीमित व्यवस्था नभएकाले समय लाग्यो । कानुनी व्यवस्था छैन भन्दैमा खराब काम गर्नेलाई केही नगरी चुप लागेर बस्नेवाला धितोपत्र बोर्ड छैन । धितोपत्र सुधारको लागि अनेकै बाटोहरू अपनाउँछौँ । ब्रोकर तथा मर्चेण्ड बैंकर बन्नलाई सटिफिकेशन कोष पास गर्नुपर्ने हुन्छ । व्यक्तिहरू जनताको लगानी सुरक्षा गर्न बस्ने पदहरू ब्रोकर प्रमुख वा मार्केटिङ अफिसर र प्रमुख कार्यकारी अधिकृत बन्ने व्यक्तिहरू प्रमाणित हुनुपर्छ । धितोपत्र बोर्ड बनाएको कोष पास गर्नुपर्छ । त्यो कोष पास नपर्ने व्यक्तिले यस्तो सेवा दिन पाइएन ।

नेपालको छिमेकी मुलुक भारतमा पनि यही व्यवस्था छ । धितोपत्र कारोबारमा समावेश भएका कम्पनीमा संलग्न भएर जिम्मेवारी लिएका व्यक्तिहरूले धितोपत्र बोर्ड बनाएको कोष पास नगरेसम्म त्यो पदमा बस्न पाइँदैन । दियो भने त्यो अवैधानिक हुन्छ । कारबाही गर्न मिल्छ ।

हामीले धितोपत्र बजारमा यसरी सबै प्रणालीमा सुशासन ल्याउन सक्दा धितोपत्र कारोबारमा सफा पोखरी निर्माण हुन्छ । त्यसको लागि बोर्डले प्रणालीगत सुधारमा एक दुई गर्दै जान्छौँ । म प्रणालीमा विश्वास गर्ने मान्छे हो । एउटा व्यक्तिको निर्णयमा मात्रै हुँदैन । म दुई वर्ष बस्छु मैले मात्रै राम्रो काम गरेर हुँदैन । काम गर्ने प्रणालीको विकास गर्दा जो व्यक्ति आएपनि प्रणालीमा बसेर काम गर्नुपर्छ । धितोपत्र कारोबार सुधारको प्रणाली भविष्यको लागि बनाउँदै छौँ । धितोपत्र बजारमा सबैले सम्मान अधिकार र सफा पोखरीमा पौडी खेल्न पाउने बनाउने र फोहोर पोखरीमा माछा मार्न खोज्नेहरूलाई कारबाहीको दायरा ल्याउने काम पहिला पनि गरिरहेका थियौँ ।

अहिले पनि धितोपत्र बजारमा खराब काम गर्नेहरूलाई कारबाही गर्न द्रुत गतिमा अगाडि बढिरहेका छौँ । केही थप कारबाहीको प्रक्रिया तत्कालै सुन्न सक्नु हुनेछ । धेरै कुराहरू अगाडि आउँदैछन् । मेरो पालामा जस्तो कारबाही धितोपत्र बोर्डको इतिहासमा भएको छैन । २९ वर्ष अगाडिको रेकर्ड हेर्नुभयो भने २९ वर्षमा १० वटा कारबाही भएका छन् । यसरी हेर्दा ३ वर्षमा एउटा कारबाही भएको छ । म आएको १९ महिनामा २० वटा कारबाही भएका छन् । महिनाको कम्तीमा एउटा कारबाही भएको छ । हामीले धितोपत्रको भित्री कारोबारमा बिगो र जेल सजायको लागि ठूला व्यवसायीलाई नै मुद्दा दर्ता गरेका छौँ ।

बजार मेनुपुलेसनमा मुद्दा दर्ता भएका छन् । सम्पत्ति शुद्धीकरणको केसमा जरिवाना लिएका छौँ । रेटिङ कम्पनीलाई कारबाही गरेका छौँ । सञ्चालक समितिका सञ्चालकलाई कारबाही गरेका छौँ । बोर्डले मेजर कारबाही नै २० पुगेका छन् । म आएको दिनदेखि धितोपत्र बजार खराब कामप्रति शून्य टोलरेन्समा कारबाही गर्दै काम गरिरहेका छौँ । म सूचनालाई बङ्ग्याएर कुनै सिण्डिकेटको स्वास्र्थको लागि मात्रै काम गर्ने कुरा मान्दिन ।

सप्लाई बढी भएर बजार प्यानिक रोक्नको लागि आईपीओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओहरुको निष्कासन स्थगित लाग्नु भएको हो ?

अहिले आईपीको प्रणाली धेरै छिटो भएर अप्ठ्यारो भयो भने केही गुनासा पनि छन् । केही गुनासाहरू सिभिल रूपमा पनि आएका छन् । कतिपय लगानीकर्ताले राम्रोसँग प्रस्तुत पनि गरेका छन् । कतिपयले लगानीकर्ताले उश्रृंखल तरिकाले प्रस्तुत गरेका छन् । तर बोर्ड अभिभावक हो । सबै लगानीकर्ताको कुरा सुन्नुपर्छ । उश्रृखल कुरा पनि सुन्नुपर्छ । जसले वैज्ञानिक रूपमा सुझाव राख्छन् त्यो कुरालाई अझ सम्मानपूर्वक सुन्नुपर्छ । त्यसैले अहिले बोर्डले केही समयका लागि आईपीओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओहरुको निष्कासन कन्ट्रोल ९नियन्त्रण० गर्ने व्यवस्था खोजिरहेका छौँ । हामीसँग कानुनी व्यवस्था छैन । तर पनि लगानीकर्ताहरूको गुनासो हेरे केही गर्न सकिन्छ की भनेर व्यवस्थापन गर्ने कुरामा छलफल भइरहेको छ ।

बोर्डमा नै पास गर्नको लागि अटोमेटिक रूपमा ढिला गर्ने हो भन्ने विषयमा छलफल भइरहेको छ । केही दिनमा निकर्षमा पुग्छौँ । केही महिनादेखि कम गरिरहेका छौँ । बजार सुधारको लागि बोर्डले निरन्तर रूपमा सुधारका नीतिहरू ल्याइरहेको छ । बजार ढुक्क भएर चल्दा हुन्छ । बजारमा कुनैपनि दबाब छैन । शेयर बजार नेपालको मात्रै नभएर अन्तर्राष्ट्रिय रूपमा खच्किरहेको छ । अधिकांश देशमा शेयर बजारको अवस्था यस्तै छ । कोभिडको असर र अन्तर्राष्ट्रिय रूपमा भएका उथलपुथल युद्धको वातावरणको कारण, उच्च कर्जाको उच्च ब्याजदर, मूल्यवृद्धि भएकाले बजार राम्रो हुन सकेन । अहिले नेपालको अर्थतन्त्र सुधारको बाटो रहेको तथ्याङ्कहरूले देखाएको छ । आगामी दिन दीर्घकालीन प्रणालीगत विकास गरी धितोपत्र बजारलाई सफा पोखरी बनाउँदा बजारलाई दिगो रूपमा अगाडि लैजान्छ । आगामी दिनमा बजारको विकास यस्ता प्रणालीले सुनिश्चित रूपमा गर्छ भन्ने विस्वस्थ छु ।

पुँजीबजार सुधारको लागि नीतिहरू ल्याउँदा कार्यान्वयनको पक्षमा कस्ता चुनौती छन् ?

नेपालमा हरेक काम गर्न चुनौती रहेका छन् । नेपालको अर्को नाम चुनौती हो । एकले अर्कोलाई खुट्टामा ठोक्काएर अल्झाएर आजसम्म हाम्रो वरदान जस्तै छ । यस्तो युवा जनशक्ति, स्रोतहरू धेरै छन् तर हाम्रो परिचालनमा कमजोरी छ । त्यसैले नेपालमा हरेक काम गर्न प्रणालीगत विकास हुनुपर्छ । म सरकारी अधिकारीहरूलाई शतप्रतिशत अधिकार दिनुपर्छ भन्ने मान्यता राख्दिन । नेपालको चुनौती भनेको विकासको बाटो हिँड्नु भन्दा पनि विनाशको बाटोमा बढी हिँड्न रुचाउँछौँ । नेपाली सम्पूर्ण समाजमा त्यही देखिन्छ । सुधारको पक्षमा कोही छैन । बोलेर मात्रै होइन प्रणालीमा ल्याउन सक्नुपर्छ । हामी प्रणालीमा ल्याएर मात्रै कुरा गर्नुपर्छ । पछिल्लो समय धितोपत्र बजार सुधारको लागि ल्याएका नीतिहरू समग्र टिम ल्याएको हो ।

बोर्ड ल्याएका सुधारका पक्षहरूलाई राम्रोसँग अध्ययन गरेर सुझाव दिन हामी थप सुधार गर्छौँ । नीति बनाउन कसैले राम्रो सुझाव दिँदैन । गाली, सिण्डिकेशन र समूहको हितको लागि काम गर्ने हाम्रो समाजको प्रचलन छ । समाज देशको विकास गर्ने हो भने यस्तो प्रचलनको अन्त्य गर्नुपर्छ ।

बोर्डले सर्वोत्तम सिमेन्टलाई ‘बुक बिल्डिङ’ विधिबाट शेयर निष्कासन गर्न अनुमति प्रदान गरेको छ, बुक बिल्डिङ’ प्रणाली लागू पश्चात् नेपाली पुँजीबजारमा कस्तो प्रभाव पर्छ र?

नेपाली पुँजीबजारमा लामो समयदेखि थाती रहेर विवादित बनेको बुक बिल्डिङ प्रणाली मेरै पालामा सुरु भएको छ । यतिका वर्ष अड्किएर बसेको विषय मेरै भाग्यमा रहेछ । मेरो नै पालामा बुक बिल्डिङ प्रणालीको सुरुवात भयो । अब सुरु भएपछि बुक बिल्डिङ राम्रोसँग लागू हुन्छ । अब आउने कम्पनीलाई बोर्ड स्वागत गर्छ ।

बुक बिल्डिङमा आईपीओ जारी गर्ने कम्पनीको फाइल तत्काल आईपीओका लागि सदर गर्छौँ । बुक बिल्डिङ प्रणाली विश्वको उत्कृष्ट प्रणाली हो । विश्वमा कुनैपनि प्रणाली शतप्रतिशत सही हुँदैनन् । प्रणालीलाई सञ्चालन गर्ने पात्राहरूले प्रभाव पार्छ । प्रणाली १०० प्रतिशत पूर्ण हुँदैन । सवारी मात्रै राम्रो भएर हुँदैन सवारी साधन चलाउने चालक पनि राम्रो हुँदैन । त्यसैले प्रणालीलाई सहीसँग परिचालन गर्नुपर्छ । बुक बिल्डिङ प्रणाली सैद्धान्तिक रूपमा असाध्यै राम्रो अन्तर्राष्ट्रिय प्रणाली हो । त्यहीअनुसार नेपालमा पनि लागू गरेका छौँ ।

आगामी दिनमा अर्थतन्त्रमा गाँसिएका उत्पादनमूलक कम्पनीले जनतालाई पनि समृद्धि बाँड्ने हो । समृद्धि बाँड्ने क्रममा बुक बिल्डिङ प्रणाली आउँदा कम्पनीहरूको काम चाँडो हुन्छ । बोर्डले प्रिमियमलाई भन्दा बुक बिल्डिङ प्रणाली बढी प्राथमिकता दिएको छ । बुक बिल्डिङ प्रणालीमा पहिला अप्ठ्यारो स्थिति थियो । समस्यामा फसेको कारण अगाडि बढाउने नेतृत्व आवश्यक थियो । त्यो हाम्रो नेतृत्वले दियो । पहिलो समस्यामा फसेको बुक बिल्डिङ प्रणाली अरू भए डराउने थिए । तर हामीले आट गरेर अगाडि बढाएका छौँ । हामीले हरेक चुनौपतलाई पार गर्दै अगाडि बढाएका छौँ । बुक बिल्डिङ प्रणालीमा ठूला प्रतिष्ठित कम्पनी आउँदा जनताको समृद्धिमा ठूलो हात हुन्छ ।

प्रिमियममा आईपीओ अनुमति दिनु सेबोनको गैरजिम्मेवारी काम गरेको भन्ने आरोप लागेको छ, प्रिमियममा आईपीओ निकाल्ने कम्पनीहरूको कारोबार लगातार रूपमा नकारात्मक सर्किट लागेर नयाँ रेकर्ड बनाइरहेका छ नि ?

प्रिमियममा आईपीओ निकाल्नु गलत हो भने नियम सुधार गर्नुपर्छ । त्यो सरकारको हातमा छ । सरकारले निर्देशन दिए हामी नियम सुधार गर्न आवश्यक छ । प्रिमियम भन्ने शब्द आफैँमा गलत हो । संसारमा नै शेयरबजारमा चलेको प्रणाली भनेकै मूल्य बढाउने हो । एक सय रुपैयाँको पनि ग्यारेन्टी गर्नु हो । अण्डर राइटिङ प्रक्रियाबाट मूल्य निर्धारण गरिने हो । त्यो मूल्य निर्धारण बजारले आजको स्थिति र भोलिको अवस्थालाई हेरेर अण्डर राइटिङ कम्पनीहरू र इनभेष्टमेन्ट बैंकर्सहरुले त्यसलाई तय गर्ने हो।

आईपीओ प्रणालीमा विश्वले अपनाएको प्रणाली भनेको डिसकोलोज गर्नुपर्ने सत्यता र निष्पक्ष हुनुपर्छ भन्ने मान्यता हो । हाम्रो नेपालमा के गरौँ भने एक सय रुपैयाँमा दिएपनि सबै कुरा निष्पक्ष भयो । तर सय रुपैयाँ भएको कम्पनीले पनि त उसको मूल्य ८० रुपैयाँ हुनसक्छ । हाम्रो अहिलेको विद्यमान नियमावली निर्देशिकाले के भन्छ भने उसको सर्टिफाइड स्टेटमेण्टमा भएको निर्धारित मूल्यमा कार्यविधि स्पष्ट छ । दुई गुणा निर्धारित मूल्यको प्रिमियममा जान मिल्छ भन्ने छ । यो प्रिमियमको नीति मैले ल्याएको होइन । वर्षौँदेखि धितोपत्र बोर्डले बनाएको नीति हो । मैले नेतृत्व नभएको अवस्था नेतृत्व दिएको हो । हामीले कसैको टाउको र अनुहार नहेरी दिगो आर्थिक प्रणाली निर्माणमा निजी क्षेत्रलाई सम्मान गर्नुपर्छ ।

ठूला निकाय लुकेर बस्ने होइन । आधार दिनुपर्छ भनेर मात्रै हामीले निर्णय गरेका हौँ । म आउनु भन्दा ६ महिना अगाडिदेखि अध्यक्ष पद खाली भएकाले ६ महिना अगाडि देखिका फाइल बसेका थिए । त्यसलाई न्याय दिनु पनि मेरो कर्तव्य थियो । पहिलो वर्ष धेरै आईपीओ जारी भए । आईपीओको लागि सबै काम सकिएको थियो मैले आएर हस्ताक्षर मात्रै गरेको हो । अब सरकार र जनताले नै छनोट गरोस् कस्तो प्रणाली लागू गर्ने हो । कसैले आईपीओ प्रणाली नराम्रो हो । आईपीओ प्रणाली लुट हो भन्ने लाग्छ भने आईपीओ प्रणाली बन्द गरिदिए हुन्छ । त्यसलाई जे गर्दा राम्रो हुन्छ त्यसमा अगाडि बढ्ने हो । नेतृत्वको काम नै सही दिशामा काम गर्ने हो । यो गलत तत्त्वहरूसँग जनताहरू र लगानीकर्ता, सरकार र सरकारी निकायका मानिसहरू बच्नु पर्यो । बिना अध्ययन कुनै सत्यता बिना दोसा रोपन गरेमात्रै भएन । समूह बनाएर समूहले जतिसुकै नाजहेज माग राखे पनि अगाडि बढ्छ भन्ने समाज निर्माण गर्न खाजेको होकी भन्ने हामीलाई लागेको छ । सही बाटो छोड्ने काम भइरहेको छ । अब सही बाटो भनेको देशको उच्चतम विकास देश र जनताको प्रगतिको लागि सबै कानुन निर्माण हुनुपर्छ । एउटा समूहको मात्रै विकास हुनुहुँदैन । समूहसँग डराएर मात्रै पनि हुँदैन । एउटा समूह होइन देश र जनता हाबी हुनुपर्छ ।

अब नेपालको पुँजीबजार कता जान्छ ?

अब मुलुकको पुँजीबजारको बाटो सुशासनको बाटो अपनाउँदा मात्रै पुँजीबजारको विकास हुन्छ । प्रणालीले मात्रै सही गाइड दिन्छ भने अन्तर्राष्ट्रिय मापदण्ड बने मात्रै पुँजीबजारको विकासमा अगाडि बढ्छ । नेपालको पुँजीबजारको पहिलोको भन्दा प्रणालीगत रूपमा धेरै बलियो छौँ । शेयर बजार देश वा अन्तर्राष्ट्रिय प्रतिकुल अवस्थामा बजार मूल्य तल वा माथि जहाँ पनि जान सक्छ । शेयर बजार तल जाने बित्तिकै कसैको चरित्र हत्या गर्ने काम गर्नु हुँदैन । लगानीकर्ता सबैले बुझेर लगानी गर्नुपर्छ । यो विश्वव्यापी मान्यता हो ।

हामीमा मात्रै नभएको कुरा लागू गर्न मिल्दैन । सबैले सुझबुझले मात्रै लगानी गर्नुपर्छ । कसैको प्रेसर वा बहकाउमा आएर लगानी गर्नु भएन । नेपाली पुँजीबजार धेरै धमिलो पानीमा माछा मार्ने तत्त्वहरू छन् । बिचौलियाहरूले सोझसाझा मानिसहरूलाई फसाउने काम गरेका छन् । आज पनि तीनै मानिसहरूको कुरा सुनिन्छ हाम्रो समाजमा । पुँजीबजारमा साक्षरताको कमी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =