रिगल अब १२ वर्ष जेल बस्नुपर्ने

सर्वोच्च अदालतको फैसलालगत्तै पक्राउ परेका योगराज ढकाल भनिने रिगल अझै १२ वर्ष जेल बस्नु पर्ने भएको छ।

सर्वोच्चको फैसलाअनुसार रिगलले अब ११ वर्ष ११ महिना ५ दिन जेलमा बस्नुपर्ने देखिएको हो।

सर्वोच्चको फैसला लगतै उनलाई बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ गरेको छ।

न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल र कुमार चुडालको संयुक्त इजलासले ढकाललाई आममाफी दिने राष्ट्रपति कार्यालयको निर्णय उत्प्रेषणको आदेशले बदर गर्दै निजलाई तत्काल पक्राउ गरेर थुनामा राख्न परमादेश समेत दिएको छ।

संविधान दिवसका अवसरमा मन्त्रिपरिषद्ले योगराज ढकालको कैद मिनाहा गर्ने निर्णय गरी आममाफीका निम्ति राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सरकारको उक्त सिफारिससँगै ढकाल कारागारमुक्त भएका थिए ।

चेतन मानन्धरको हत्या गरिएको मुद्दामा बाँके जिल्ला अदालतबाट २०७५–१–११ मा र उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासबाट २०७६–१०–२८ ढकालसहितका प्रतिवादीहरुलाई जन्मकैदको फैसला गरेको थियो।

त्यसपछि रिगल २०७२–५–७ देखि थुनामा रहेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + 10 =