विद्युतीय व्यापार विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित

काठमाडौँ । राष्ट्रिय सभाले ‘विधान व्यवस्थापन समितिको प्रतिवेदनसहित विद्युतीय व्यापार विधेयक, २०८०’ पारित गरेको छ ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा विधेयक सर्वसम्मतिले पारित भएको हो । सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले विधेयक प्रस्तुत गरेका थिए ।

उद्योगमन्त्री रिजालको प्रस्तावलाई सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले निर्माणार्थ प्रस्तुत गरेका थिए ।

उनले भने ‘यो प्रस्तावको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोला र यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोला । यसको पक्षमा हुने माननीय सदस्यहरूले हुन्छ भन्नुहोस्, यसको विपक्षमा हुने माननीय सदस्यहरूले हुन्न भन्नुहोस् । हुन्न भन्ने आवाज सुनिएन तसर्थ विद्युतीय व्यापार विधेयक, २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 15 =