प्रमुख दलहरूले मिलेर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउनु पर्छ : कांग्रेस सांसद खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले प्रमुख दलहरूले मिलेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनुपर्ने बताएका छन् ।

बुधवार एमालेले चाडपर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सञ्चारकर्मीमाझ उनले पीडित पक्षलाई राहत दिँदै काँग्रेस, एमाले र माओवादी केन्द्रले मिलेर शान्ति प्रक्रियाको बाँकी कामलाई टुंगो लगाउनुपर्ने बताएका हुन् ।

सांसद खतिवडाले ठूल्ठूला समस्या समाधान गरेका राजनीतिक दलहरूले सो कामलाईलाई पूर्णता दिन पनि ढिलाइ नगर्ने विश्वास व्यक्त गरे । उनले तत्कालीन विद्रोही नेता पुष्पकमल दाहाल आफैँ प्रधानमन्त्री भएकाले पनि यो समस्या समाधानमा ढिलाइ नहुने तर्क समेत गरे ।

सांसद खतिवडाले भने ‘यो शान्ति प्रक्रियाको कुरा पनि एउटा पार्टीको होइन । सबै पार्टीको हो । मुलुकका लागि अहिले एउटा सुन्दर पक्ष के हो भने तत्कालीन विद्रोही पक्षको नेता आज देशको प्रधानमन्त्री हुनुहुन्छ । उहाँलाई पनि थाहा छ–हिंसाको पीडा के हुन्छ, दर्द के हुन्छ ? जघन्य अपराधहरूको पीडा के हुन्छ ? त्यो बुझेको मान्छेले शान्ति प्रक्रियालाई लजिकल इन्डमा पुयाउनका लागि एमाले, काँग्रेस, माओवादी भनेर मात्रै हुँदैन । पीडित पक्षलाई राहत दिँदै यसका मुद्दाहरूलाई सम्बोधन गर्न हामी सबै पार्टी मिल्नु पर्छ । काँग्रेस, एमाले, माओवादी मिलेर र पीडित पक्ष पनि मिलेर यो शान्ति प्रक्रियालाई लजिकल इन्ड अथवा एउटा निष्कर्षमा पुयाउनु पर्छ । मलाई लाग्छ, हामीले ठूलाठूला समस्या समाधान गर्यौ । अव छिट्टै मिलेर यो काम पनि समाधान गर्र्छौं ।’

सांसद खतिवडाले द्वन्द्व पीडितलाई राहत दिने कुरामा पनि ढिलाइ गर्न नहुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 15 =