मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीगत फोरमहरूमा मात्रै नभएर मुलुकको हितको लागि छलफल गर्ने छुट्टै फोरम बनाउन आवश्यक रहेको बताएका छन् ।
बुधवार नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुँदै उनले यस्तो बताएका हुन् । उनले विभिन्न चाडपर्वहरूको अवसरमा आयोजन हुने चियापान कार्यक्रमले पार्टीहरू बीच सद्भाव बढाउन मद्दत गर्ने बताए ।
उनले सबै राजनीतिक दलहरूको राष्ट्रिय हितमा छलफलहुने फोरमहरू बन्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने ‘चियापान जस्ता समारोहले सद्भाव बढाउन मद्दत गर्छ । अब चियापनहरू पार्टीगत फोरमहरूमा मात्रै सीमित हुनु हुँदैन । सबै राजनीतिक दलहरूको राष्ट्रिय हितमा छलफल हुने फोरमहरू बन्नुपर्ने आवश्यकता छ । सबै पार्टीका साझा मुद्दाहरू एउटै हुन् । विकल्प र हामीले पनि देशको समृद्धि चाहेका हौँ । उहाँले राजेको बाटो र हामीले रोजेको बाटो फरक भए पनि मुलुकको समृद्धि भन्दा फरक कुनै पनि पार्टीले सोचेको छैनन् ।’
उनले सबै पार्टीका साझा मुद्धाहरु एउटै भएकाले सबैले देशको समृद्धि चाहेको बताए ।








