काठमाडौँका संस्कृति–सम्पदालाई विश्वमा चिनाउने एकमात्र माध्यम चलचित्र क्षेत्र : डंगोल

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले काठमाडौं उपत्यकाका संस्कृति र सम्पदालाई विश्वमा पुर्याउने एकमात्र माध्यम चलचित्र क्षेत्र रहेको बताएकी छन् ।

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन ९युनेस्को० ले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गरेसँगै बुधवार काठमाडौं महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले युनेस्कोले काठमाडौँलाई ‘फिल्मको रचनात्मक सहर’ को रूपमा सूचिकृत गर्नुले झनै चुनौती थपिएको बताइन् । उनले काठमाडौं आफैँमा क्रिएटिभ सहर भएको बताइन् ।

उनले खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्रमा काठमाडौं रचनात्मक सहर भएको बताइन् ।

उनले भनिन् ‘हिजोमात्रै रिजल्ट आउट भएको छ, काठमाडौं युनेस्को क्रिएटिभ सिटिज नेटवर्कमा एउटा सिटी छानिएको छ । ५५ वटा नयाँ सिटी छानिएको थियो । काठमाडौं आफैँमा क्रिएटिभ सिटिज हो । यो एउटा मात्रै सेक्टर भनेर भन्न सक्दैनौँ, खानेकुरा, संगीत, डिजाइन, सबै क्षेत्र हेर्दा सबै कुरामा क्रिएटिभ छ । ऐतिहासिक रूपमा नै । काठमाडौँको कला, डिजाइन, फिल्म सब सम्पदाहरू सबैलाई विश्वमा देखाउन फिल्म नै एउटा माध्यम हो भन्ने लागेपछि यो विधा छानेका थियौँ । यो हाम्रो लागि एउटा अवसर पनि हो ।’

उपप्रमुख डंगोलले काठमाडौँको कला, डिजाइन, फिल्म लगायत सांस्कृतिक सम्पदाहरू विश्वमा देखाउन चलचित्र क्षेत्र नै एकमात्र माध्यम भएको जिकिर गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 16 =