यति भव्य देखियो एमालेको चियापान कार्यक्रम, चियापानको मेन्यु यस्तो (तस्बिरहरू)
२०८० कार्तिक १५ गते

काठमाडौँ । नेकपा एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित चियापानका लागि राजनीतिक दलका नेता, कूटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्ताहरू उपस्थित हुने क्रम जारी छ ।
चियापानमा खानाको व्यवस्थापन बानेश्वर अर्पण बैंक्वेटले गरेको छ । चियापानको मेन्युमा भेज कट्लेट, निम्की, लड्डु, केरा र चिया समावेश छ ।
यसअघि एमालेले मंगलबार (कात्तिक १४ गते) गते चियापान गर्ने भनेकामा सो दिन संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकाले चियापान एक दिन सारिएको हो ।




२०८० कार्तिक १५ गते
प्रतिक्रिया
सम्बन्धित








