आईसीसी टी-२० विश्वकप एसिया छनोट : मलेसियाले टस जितेर पहिला ब्याटिङ गर्दै

काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया छनोटमा अन्तर्गत मंगलबार नेपालले मलेसियासँग खेल्दैछ ।

कीर्तिपुरको त्रिवि मैदानमा हुन लागेको खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।

नेपालले समूह चरणको दोस्रो खेलमा मलेसियासँग खेल्न लागेको हो ।

नेपालले पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको थियो । त्यस्तै आजको मलेसियाविरुद्ध नेपालले जित हासिल गरेमा सेमिफाइनल यात्रालाई सहज हुनेछ ।

नेपाल प्रतियोगिताको समूह समा छ । नेपाल रहेको समूहमा सिंगापुर सहित ओमान र मलेसिया छन् ।

समूह बीमा यूएई, बहराईन, हङकङ र कुवेत छन् । प्रतियोगिताको फाइनल पुग्ने दुई टिम टी-२० विश्वकपमा छनोट हुनेछन् ।

नेपालले आजको खेलमा कुनै परिवर्तन गरेको छैन । नेपालका दीपेन्द्रसिंह ऐरी खुट्टामा चोटका कारण टोलीमा छैनन् । दीपेन्द्रको स्थानमा विवेक यादवलाई निरन्तरता दिएको छ । टोलीमा नेपालले कुनै परिवर्तन गरेको छैन ।

नेपालको प्लेइङ ११ :

आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =