रूपन्देही र कास्कीमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं । रूपन्देही, गैडहवा गाउँपालिका–२ बिचौवापुरस्थित सडकमा लु.८७ प ४२८५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका–२ पडौरा बस्ने ४२ वर्षीय बिजेन्द्र पासीको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाईते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

त्यस्तै कास्की, पोखरा महानगरपालिका–२५ हेम्जास्थित सडकमा ग.२ ख ३७० नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री म्याग्दी अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले घर भई हाल पोखरा महानगरपालिका–२५ हेम्जा डेरा गरी बस्ने ७१ वर्षीया याम कुमारी बिकको सोमबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले ट्रकका २ जना सहचालकलाई नियन्त्रणमा लिई हाल फरार चालकको खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 1 =