‘राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९’ मङ्गलवारको संसद बैठकमा पेस गरिने

काठमाडौँ । विधायन व्यवस्थापन समितिले बनाएको उपसमितिको बैठकले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ मङ्गलवारको संसद बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

सोमवार सिंहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले विधेयक प्रस्तुत गरेसँगै समितिको बैठकमा छलफल गरी यस्तो निर्णय गरेको हो ।

बैठकले मङ्गलवार बस्ने राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथिको प्रतिवेदन बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको समिति सभापति जयन्तीदेवी राईले बताइन् ।

राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि समितिमा आज छलफल भएको हो । छलफलपछि समितिका निर्णय सुनाउँदै उनले यो विधेयक अगाडि नै आउनुपर्ने भएपनि ढिलो गरेर भएपनि आएको बताइन् ।

उनले छलफल उपलब्धिमूलक भएको र विधेयकको प्रतिवेदन मङ्गलवारको संसद बैठकमा पेस हुने बताइन् ।

समिति सभापति राईले विधेयकको छलफल सकारात्मक भएको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =