अकल्याण्ड म्याराथनमा बाल्चिन र मेसनको जित
२०८० कार्तिक १३ गते

एजेन्सी । काडेनियल बाल्चिन र एलिस मेसनले आइतबार अकल्याण्ड म्याराथनमा पुरुष र महिलाको उपाधि जितेका छन् ।
पुरुषतर्फ ओटागोका घरेलु धावक बाल्चिनले दुई घण्टा २३ मिनेट ९ सेकेन्डको समय पूरा गर्दै उपाधि जिते । अकल्याण्डमा आधारित बेलायती धावक ल्युक कोटर दोस्रो स्थानमा रहे, अस्ट्रेलियाका रोबर्ट कोलिन्स तेस्रो भए । वेलिंग्टनकी मेसनले दुई घण्टा ४४ मिनेट २० सेकेन्डमा २०२३ को अकल्याण्ड म्याराथनको उपाधि जितिन् ।
अकल्याण्डकी एथलीट अमेलिया लिथ उपविजेता र वाङ्गेरेईकी म्यालोरी वर्डेल तेस्रो भए । ४१ हजार भन्दा बढी एथलीटहरूले आइतबार अकल्याण्ड म्याराथनमा सहभागी बनेका थिए । न्युजिल्याण्डको सबैभन्दा ठूलो म्याराथनको रूपमा रहेको यो प्रतियोगिता पछिल्लो समय चर्चामा छ ।
२०८० कार्तिक १३ गते
प्रतिक्रिया
सम्बन्धित








