प्यालेस्टाइन—इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय

एजेन्सी । प्यालेस्टाइन—इजरायल द्वन्द्वले गाजाका अस्पतालको अवस्था दयनीय बनेको छ ।

इन्धन, पानी, स्वास्थ्य सामग्री र कर्मचारी अभावका कारण कतिपय अस्पताल बन्द भएका छन् । अहिले सो क्षेत्रमा इन्धनको चरम अभाव रहेको बताइएको छ । अबको केही दिनमै अस्पतालले आफ्नो सेवाहरू बन्द गर्ने बताइएको छ ।

बिजुली नभएका कारण अस्पतालमा जेनेरेटरहरुबाट विद्युत् चलाइएको छ । तर जेनेरेटरहरुले जम्मा दुई घण्टा मात्रै धान्ने बताइएको छ ।

उनले आफूहरूसँग जम्मा दुई हजार लिटर मात्रै डिजेल रहेको र त्यसपछि अस्पताल पूर्ण रूपमा बन्द हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 5 =