काबुलमा विस्फोट हुँदा दुईको मृत्यु, ९ घाइते
२०८० कार्तिक ११ गते

सिन्ह्वा । अफगानिस्तानको राजधानी काबुलको पुलिस डिस्ट्रिक्ट १८ मा भएको विस्फोटमा परी दुई जनाको मृत्यु भएको छ भने अन्य ९ जना घाइते भएका छन् ।
काबुलका प्रहरी प्रवक्ता खालिद जाद्रानले विस्फोट बजारी क्षेत्रमा भएको बताए । उनले विस्फोटको कारण अझै पत्ता लगाउन नसकिएको बताए । गत दुई साता यता सो क्षेत्रमा भएको यो दोस्रो विस्फोट हो ।
यसअघि पनि सो क्षेत्रमा एक पार्किङ स्थलमा विस्फोट भएको थियो ।
२०८० कार्तिक ११ गते
प्रतिक्रिया








