नेपालले गर्‍यो इजरायल-हमास युद्ध अन्त्यको पक्षमा मतदान

काठमाडौँ । नेपालले इजरायल र प्यालेस्टाइनको हमास समूहबीच जारी युद्ध अन्त्यको पक्षमा मतदान गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले युद्ध अन्त्यको पक्षमा मतदान गरेको हो ।

मतदानपछि संयुक्त राष्ट्रसंघको महासभाले युद्ध रोक्ने प्रस्ताव पारित गरेको छ । प्रस्ताव पारित भएपछि शत्रुताको अन्त्य गर्दै तत्काल युद्धविरामको आह्वान गरिएको छ । प्रस्तावको पक्षमा १२० मत परेको छ भने विपक्षमा १४ देशले मतदान गरेका छन् । नेपालले पक्षमा मतदान गर्दा भारतसहित ४५ देशले भने मतदान गरेनन् । इजरायलले यो प्रस्तावको विपक्षमा मतदान गर्‍यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =