राष्ट्रियसभा बैठक मंगलबारलाई बोलाइयो

काठमाडौँ । राष्ट्रियसभाको अर्को बैठक आगामी कात्तिक १४ गते अपराह्न ४ः४६ बजे बस्ने भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रियसभाको अर्को बैठक उक्त दिन र समयमा बस्ने गरी निर्धारण गरेको राष्ट्रियसभाका सचिव डा। सुरेन्द्र अर्यालद्वारा शुक्रवार जारी सूचनामा उल्लेख छ।

यसअघि गत असोज २९ गते सूचनाद्वारा राष्ट्रियसभाको बैठक स्थगित गरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =