प्रधानमन्त्री दाहाल र ओलीबीच भेटवार्ता
२०८० कार्तिक १० गते

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार भेटवार्ता भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा संयुक्त राष्ट्रसंघका महासचिव तथा कतारका राजाको नेपाल भ्रमणका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटमा संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे पनि छलफल भएको बताइएको छ।

२०८० कार्तिक १० गते
प्रतिक्रिया
सम्बन्धित








