बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक बरामद

रुकुम पूर्व । पुथाउत्तरगंगा गाउँपालिका–५ स्थित तमागर जङ्गलको ओडारमा बेवारिसे अवस्थामा रहेको भरुवा बन्दुक २ थान शुक्रवार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी हुकामबाट खटिएको गस्ती टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =