आक्रमणको योजना बनाउने हमास कमाण्डर मारिए

काठमाडौं । इजरायली सेनाले अक्टोबर ७ मा भएको आक्रमणको योजना बनाउने हमास कमाण्डरलाई मारेको दाबी गरेको छ । यसअघि इजरायली सेनाले अक्टोबर ७ को हमलाको योजनामा सहयोग गर्ने हमासका अर्का एक वरिष्ठ कमाण्डर मारिएको बताएको थियो ।

‘सटीक गोप्य’ सूचनाको का आधारमा युद्धक विमानहरूले हमास गुप्तचरका उपप्रमुख शादी बारुदमाथि आक्रमण गरेको इजरायली सेनाले जनाएको छ । हवाई हमलाको भिडियो शेयर गर्दै इजरायली सेनाले उक्त हमलामा उनी मारिएको दाबी गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =