माओवादी आधार इलाका रुकुम पश्चिम पुगे प्रचण्ड

सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादी आधार इलाका रुकुम पश्चिममा आइपुगेका छन्।

जिल्लाको एक सहिद मेलालाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन् । उनी हेलिकोप्टर मार्फत त्यहाँ पुगेका थिए ।

रुकुम पुगे लगत्तै प्रचण्ड ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ अभियान अन्तर्गत माओवादी केन्द्र रुकुम पश्चिम बाफिँकोट गाउँपालिका– ६ र ७ को विस्तारित बैठकमा सहभागी समेत भएका थिए ।

साथै सहिद परिवार, घाइते परिवार र अगुवा कार्यकर्ता सँग भेटघाट गर्ने कार्यतालिका रहेको र आजै काठमाडौँ फर्कने कार्यतालिका रहेको बताइएको छ।

माओवादी उपमहासचिव जनार्दन शर्मा र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि जिल्लामा पुगेका छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =