धादिङ केन्द्रबिन्दु भएर ६.१ रेक्टरस्केलको भूकम्प
२०८० कार्तिक ५ गते

काठमाडौँ । धादिङ केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ । आइतबार बिहान ७ बजेर ३९ मिनेटमा सो भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए ।
भूकम्पको धक्का धादिङ, काठमाडौं उपत्यका, गोरखा, नुवाकोट, चितवन, कास्कीलगायतका क्षेत्रमा धक्का महसुस गरिएको थियो । छिमेकी राष्ट्रहरूमा समेत भूकम्पको धक्का महसुस भएको बताइएको छ ।
भूकम्पबाट भएको क्षतिको हालसम्म कुनै विवरण प्राप्त भएको छैन । सर्वसाधारणहरू दसैँको मुडमा व्यस्त रहेका बेला भूकम्प आए पनि त्रासको अवस्था सिर्जना भएको छ ।
२०८० कार्तिक ५ गते
प्रतिक्रिया
सम्बन्धित








