उपप्रधानमन्त्री श्रेष्ठको उपचार बेइजिङमै

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ उपचारका लागि थप केही दिन बेइजिङमै रहने भएका छन्।

बिआरआई फोरममा सहभागी हुन असोज २९ गते चीन गएका उपप्रधानमन्त्री श्रेष्ठले छाती दुख्यो भनेपछि गए राति अस्पताल पुर्याइएको थियो।

अस्पतालले मन्त्री श्रेष्ठलाई हृदयघात भएको बताएको थियो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबारको मन्त्रिपरिषद् बैठकमा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ गर्दै उनी उपचारका लागि केही दिन चीनको बेइजिङमै रहने जानकारी गराएका हुन्।

प्रधानमन्त्रीले उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यबारे आफूले जानकारी लिइरहेको र अहिले उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताएको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन्।

स्वकीय सचिव सुरेशकाजी श्रेष्ठका अनुसार गृहमन्त्री श्रेष्ठलाई मंगलबार दिउँसोदेखि नै असहज भएको थियो।

अस्पतालमा स्टेन्ट राखेर उपचार गरिएको थियो। अस्पतालले चौबीस घन्टा अब्जरभेसनमा राख्नुपर्ने जानकारी गराएको स्वकीय सचिव श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =