नेपालद्धारा हङकङ छ विकेटले पराजित

काठमाडौँ । त्रीदेशीय सिरिजमा नेपालले लगातार दोस्रो जित हात पारेको छ।

बिहीबार मुलपानी क्रिकेट मैदानमा हङकङलाई ६ विकेटले पराजित गर्दै नेपालले अपराजित यात्रा कायम राखेको हो।

नेपालको जितमा ओपनर आशिफ शेखले सर्वाधिक ४२ रन बनाउँदा कप्तान रोहित पौडेलले अबिजित २५ रन जोडे।

आशिफले ३४ बल खेल्दै ६ चौकाको मद्दतमा ४२ रन बनाएका हुन्।

रोहितले १ चौका र २ छक्का प्रहार गरे। गुल्सन झा ५ बलमा २ छक्कासहित १४ रनमा नटआउट रहे।

कुशल भुर्तेल ८, कुशल मल्ल १ तथा सन्दीप जोरा ३ रनमै आउट भए। हङकङका एहसान खानले ३ तथा यासिम मुर्ताजाले एक विकेट लिए।

हङकङले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले चौधओभरको एक बलअघि नै ४ विकेटको क्षतिमा पूरा गर्यो।

माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ १९.३ ओभरमा ९४ रनमा अलआउट भयो।

नेपालका करण केसी एक्लैले चार विकेट लिए।

अभिनास बोहोरा र सोमपाल कामीले समान दुई/दुई विकेट लिए भने

कुशल मल्ल र मौसम ढकालले समान एक/एक विकेट लिए।

हङकङका लागि याशिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए। ३६ बलको सामना गरेका उनले २ चौका र १ छक्का प्रहार गरे।

जिसान अलीले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन नसक्दा अन्तिम तीन बलअघि नै अलआउट भयो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *