जसपाले पनि कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई जनता समाजवादी पार्टी (जसपा) पनि विश्वासको मत दिने भएको छ ।

कोशी प्रदेशमा जसपाबाट सांसद रहेकी निर्मला लिम्बुले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने निर्णय भएको जानकारी दिइन् ।मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने हुँदा प्रदेश सभा बैठक जारी छ ।

मुख्यमन्त्री कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाले विश्वासको मत दिने भएका छन् ।नेपाली कांग्रेसका सांसद कार्की एमलेका प्रदेश सभा सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई कांग्रेसका ७ जना सांसदले पनि समर्थन गरेका थिए ।

कोशीको प्रदेश सभामा एमालेका उपसभामुखसहित ४०, कांग्रेसका २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ र जसपाका १ सांसद छन् ।

राप्रपाले भने कार्कीको विपक्षमा मत दिने भएको छ । राप्रपासँग ६ जना सांसद छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − four =