गाजा सम्बन्धी प्रस्ताव पारित गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद् असफल

एजेन्सी । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा मानवीय युद्धबिरामको लागि आह्वान गर्ने रुसी मस्यौदा सम्बन्धी प्रस्ताव पारित गर्न असफल भएको छ । मस्यौदा प्रस्तावको पक्षमा पाँच र विपक्षमा चार मत प्राप्त भएको छ भने ६ जना अनुपस्थित भएका छन् ।

 प्रस्तावको पक्षमा भएको मतदानमा रुससँगै चार देश चीन, संयुक्त अरब इमिरेट्स, मोजाम्बिक र ग्याबोन थिए । अमेरिका, बेलायत, फ्रान्स र जापान गरी चार देशले यसको विपक्षमा मतदान गरे । अन्य ६ वटा देश भने अनुपस्थित रहे । स्वीकृत हुनका लागि सुरक्षा परिषद्को प्रस्तावको पक्षमा कम्तिमा ९ मत चाहिन्छ ।

संयुक्त राष्ट्रसंघका लागि रुसका स्थायी प्रतिनिधि भ्यासिली नेबेन्जियाले मतदानको नतिजाबाट आफ्नो प्रतिनिधि मण्डल निराश भएको बताए । सुरक्षा परिषद्ले सोही मुद्दामा ब्राजिलबाट अर्को मस्यौदा प्रस्ताव राखेको छ । तर मतदानको लागि समय तोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + five =