प्यालेस्टाइन-इजरायल द्वन्द्व
गाजा अस्पतालमा भएको बम विस्फोटमा ४ सयको मृत्यु
२०८० कार्तिक १ गते

एजेन्सी । मंगलवार साँझ इजरायली सेनाले मध्य गाजा शहरको ब्याप्टिस्ट अस्पतालमा गरेको आक्रमणमा परी ३ देखि ४ सय सम्मको मृत्यु भएको बताइएको छ । उद्धारका लागि चिकित्सकको टोली र सुरक्षाकर्मीहरू घटनास्थलमा रहेका छन् ।
अहिले पनि दुर्घटनामा परी मृत्यु हुनेहरूलाई बाहिर निकाल्ने प्रयास भइरहेको बताइएको छ । अहिलेसम्म स्वास्थ्य मन्त्रालयले मृतकको सङ्ख्या यकिन गर्न सकेको छैन । तर धेरै सङ्ख्यामा मृत्यु भएको अनुमान छ । इजिप्ट सरकारले इजरायल र हमासमा सहयोगका लागि समन्वय गरिरहेको बताइएको छ ।
२०८० कार्तिक १ गते
प्रतिक्रिया
सम्बन्धित








