स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्य परीक्षणका लागि थापाथलीस्थित नर्भिक अस्पताल गएका छन् । मंगलबार साँझ प्रधानमन्त्री प्रचण्ड नर्भिक अस्पतालमा पुगेर स्वास्थ्य चेकजाँच गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

‘नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्रीज्यु नर्भिक जानुभएको हो । परीक्षण सकेर निवास फर्कनुहुन्छ’, सल्लाहकार आचार्यले भने, ‘निजी चिकित्सक डा. युवराज शर्माको सल्लाहअनुसार  चेकजाँचका लागि अस्पताल जानुभएको हो ।’

प्रधानमन्त्रीको छातीमा केही समस्या देखिएपछि चेकजाँच गर्न डा. शर्माले सुझाव दिएको बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =