एमालेको मिसन-२०८४ एकल बहुमतको सरकार : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन—२०८४ एकल बहुमतको सरकार रहेको बताएका छन् ।
सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताए ।
उनले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताए । उनले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सलबलाइरहेको बताए । उनले आफूलाई अद्यावधिक नगरेका कारण काँग्रेस बुढो भएको बताए । उनले काँग्रेसको कुनै नीति र विधि नरहेको बताए ।
उनले भने ‘अहिले हामी मिसन २०८४ भनेर अघि बढी रहेका छौँ । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो । मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार । एकल बहुमतको सरकार कम्ती भनेको हामीले, यो नहुने भन्ने कुरै छैन । संविधानले जनतालाई भोट नखसाल भन्छ रु थोरै मात्रै खसाल भन्छ रु एउटा पार्टीलाई थोरै खसाल वा सबै पार्टीलाई बराबर बाँड भन्छ र रु हामी जनताका बीचमा जानुपर्छ, सम्झाउनुपर्छ र हामीले जनताबाट मत प्राप्त गर्नुपर्छ । बहुमत किन आउँदैन रु हरेक वडामा ५१ प्रतिशत, हरेक टोलमा हाम्रो सङ्गठन, हरेक घरमा सदस्य, त्यो काम गर्नुपर्छ । कम्युनिष्ट पार्टीले आफू र आफू निकट अवयवलाई सक्रियतापूर्वक सञ्चालन गर्नुपर्छ । योजनाबद्ध तरिकाले । आजको समस्या अनेक प्रकारका उद्देश्य र तत्व सलबलाइरहेका छन् । गिर्खे कुरा गरेर जनता अल्मल्याउनेहरु छन् । पार्टी पुरानो बुढो नहुने होइन, विचार र सिद्धान्तको अभावमा पार्टी बुढो भएको छ । आफूलाई अद्यावधिक गर्न सकेन भने बुढो हुन्छ । हामी नेपाली काँग्रेसलाई देखिरहेका छौँ, पार्टी कसरी बुढो हुन्छ भन्दा नेपाली काँग्रेस जसरी । त्यो देखिएको छ । नेपाली काँग्रेसमा नीति छैन, महाधिवेशन हुन्छ नीति छैन । महाधिवेशन भनेको के हो भने मान्छे जम्मा हुने । नीति, विधिको कुरा उहाँहरूले नीति विधि कहिले बनाउनु भयो । मान्छे छान्नु मात्रै लोकतन्त्र होइन । विधि बिनाको मान्छे छनाइ के छनाइ रु त्यो त कुनै कुनै नयाँ पार्टीले को को उम्मेदवार हुन्छ ल भन त भनेको जस्तो ।’
अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताए ।








