घट्यो पेट्रोलियम पदार्थको मूल्य

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले आजै राति १२ बजेदेखि लागू हुनेगरी इन्धनको मूल्य घटाएको हो ।

इण्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ मूल्यअनुसार पेट्रोले र डिजेलको मूल्य घटेर आएपछि नेपालमा पनि पेट्रोलमा प्रतिलिटर ११ र डिजेलमा ५ रुपैयाँ घटेको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलको पहिलो वर्गमा प्रतिलिटर १६९.५, दोस्रो वर्गमा १७१ र तेस्रो वर्गमा १७२ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेलको प्रतिलिटर डिजेलको पहिलो वर्गमा १६्५.५, दोस्रो वर्गमा १६७ र तेस्रो वर्गमा १६८ रुपैयाँ भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − five =