छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यलयले विभिन्न स्थानमा गरी छुट्टाछुट्टै सवार दुर्घटनामा ३ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
सिन्धुपाल्चोक, बलेफी गाउँपालिका–६ अधेरीस्थित सडकमा बा.३ ख ५५४ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ४५ वर्षीया माईली तामाङको शनिवार बेलुकी मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसैगरी दाङ, लमही नगरपालिका–१ सुनडबरीस्थित सडकमा भालुवाङबाट लमहीतर्फ जाँदै गरेको लु–६९ प ४१३६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीया राधिका घर्तिमगरको शनिवार साँझ मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा
लिएको छ ।
अर्का कैलाली, धनगढी उपमहानगरपालिका–५ स्थित सडकमा सु.प.प्र.०१–०११प ७६७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई शनिवार राति दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका–५ ढूङ्गेबजार बस्ने २८ वर्षीय श्याम बिनाडीको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








