उद्धव थापाले दिए दलको नेताबाट राजीनामा
२०८० असोज २७ गते

काठमाडौं । नेपाली कांग्रेस कोशी प्रदेशका संसदीय दलका नेता उद्धव थापाले दलको नेताबाट राजीनामा दिएका छन् ।
शनिबार प्रदेश संसदीय दलको बैठकपछि उनले राजीनामा दिएका हुन् ।
नेपाली कांग्रेस शेखर कोइराला पक्षका केदार कार्की शनिबार मुख्यमन्त्री बनेपछि नैतिकताको कारण देखाएर उनले राजीनामा दिएको बताएका छन् ।
थापा कोशी प्रदेशमा दुई पटक मुख्यमन्त्री भएका थिए । उनलाई दुई पटक नै अदालतले पदच्युत गरेको थियो ।
केदार कार्की कांग्रेसका ८ जना र नेकपा एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङ्बोलाई बनाउने निर्णय गरेको थियो । कार्कीले एमालेको साथ पाएपछि गठबन्धनको निर्णयलाई पन्छ्याएर उनी मुख्यमन्त्री बनेका हुन् ।

२०८० असोज २७ गते
प्रतिक्रिया
सम्बन्धित








